कृषि तथा पशुपन्छी विकास मन्त्रालय संग डीडीसीले माग्यो ३० करोड

पत्रपत्रिकाबाट

मंगलबार, १४ बैशाख २०७८, ०८ : २३
कृषि तथा पशुपन्छी विकास मन्त्रालय संग डीडीसीले माग्यो ३० करोड

काठमाडौं । दुग्ध   विकास  संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ। डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन, सोही  भुक्तानीका  लागि  सरकारसँग  सहुलियत  ऋण  मागेको कृषि मन्त्रालयका (पशुपन्छीतर्फ) निमित्त सचिव डा. विमल निर्मलले बताए । 

डीडीसीका   कार्यवाहक   अध्यक्षसमेत   रहेका सचिव निर्मलले कोभिड–१९ का कारण भएको बन्दाबन्दीको समयमा  दूध  तथा  दुग्धजन्य  पदार्थ  बिक्री  नहुँदा  पुँजी होल्ड  भएको  र  अहिले  किसानलाई  समेत  भुक्तानी  दिने रकम   नरहेको   बताए ।    

डीडीसीका   महाप्रबन्धक रुद्रप्रसाद  पौडेलले  करिब  तीन  महिनाको  ३५  करोड  रुपियाँ किसानलाई  भुक्तानी  गर्न  बाँकी  रहेको  र  बन्दाबन्दीमा बिक्री  वितरणमा  आएको  गिरावट  अझै  नसुध्रिएका  कारण सरकारसँग सहुलियत ऋण माग गरेको बताए । गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस