नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी

पत्रपत्रिकाबाट

मंगलबार, १४ बैशाख २०७८, ०८ : १९
नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी

काठमाडौं । कानुनतः हतियारसहित अर्को देशको भूमिमा प्रवेश गर्न नपाइने भए पनि भारतीय सीमा सुरक्षा बल एसएसबी हरेक दिन नेपाली भूमिमा आउजाउ गर्दै आएका छन्। कैलालीको  कैलारी  गाउँपालिका–७   स्थित   हौसलपुर   गाउँमा   उनीहरू हतियारसहित  निर्बाध  रूपमा  आउजाउ गर्दै आएका हुन्।

उनीहरू खाजा खान र आफ्नो  अस्थायी  पोष्टतर्फ  जानका  लागि नेपाली भूमि हौसलपुर गाउँमा पुग्ने गरेको जनाइएको छ। एसएसबी  गाउँमा  हरेक  दिन  आए पनि  त्यस्तो  कुनै  समस्या  भने  नआएको गाउँका   भलमन्सा   सीताराम   चौधरीले बताए ।  उनीहरू आफ्नो भू–भागमा ड्युटी  गर्न  जानका  लागि  हाम्रो  गाउँ भएर  आउजाउ  गर्ने  गरेका  छन्,  उनले भने,  कहिलेकाहीँ  खाजा  खानका लागि  गाउँमा  हतियारसहित  आउने  गरे पनि अहिलेसम्म त्यस्तो कुनै समस्या भने सिर्जना गरेका छैनन्।

मोहना  नदीपारि  त्रिभुज  आकारको भू–भागमा  हौसलपुर  गाउँ  रहेको  छ। सो  गाउँको  तीनतिर  भारत  पर्दछ।  एक कुनाबाट  मात्रै  मोहना  नदीपारि  र  वारिको नेपाली  भू–भाग  जोडिएको  छ।  नदीपारि र   वारि   नेपाली   भू–भाग   जोडिएको ठाउँनजिकै    एसएसबीले    आफ्नोतर्फ अ‚थायी ड्युटी पोष्ट बनाएका छन्। सोही  पोष्टसम्म  आउजाउ  गर्नका लागि  उनीहरू  नेपाली  गाउँमा  पुग्ने  गरेका छन, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस