काठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकोले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए ।
तरुण दलले आगामी वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश नं २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो ।कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछिे नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गर्ने दलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ बैशाख २०७८, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित
राष्ट्रिय सभाको बैठक केहीबेरको लागि स्थगित
कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिएनन्, प्रदेशसभा बैठक स्थगित
बिहीबार बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित
यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित