चट्याङ लागेर २ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, ०७ : ५२
चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं । हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् ।

बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ । त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मोहन पोखरेलले बताए ।

बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था मध्यम छ ।गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिलमलाको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी,  १ गोरु र दुईवटा बाख्रा मरेका छन् । 


 

प्रतिक्रिया दिनुहोस