अति प्रभावित १४ जिल्लाका विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १६ : ४४
अति प्रभावित १४ जिल्लाका विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं ।स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ । 
मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो ।

बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्‍चालन केन्द्र (एचईओसी) ले ८ बुँदे अपिल जारी गर्दै काठमाडौं उपत्यकाका ३ जिल्लासहित १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिमलगायतका बढी भीडभाड हुने क्षेत्रमा सहभागी नभइदिन आग्रह गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस