सांसद रावलको घरमा ढुंगा हानियो, मागे सुरक्षा

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १२ : ५७
सांसद रावलको घरमा ढुंगा हानियो, मागे सुरक्षा

काठमाडौँ । सत्तारुढ दलका सांसद झपटबहादुर रावलले घरमा ढुंगा हानेको भन्दै सुरक्षा माग गरेका छन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रावलले मध्यरातमा घरमा ढुंगा प्रहार भएको भन्दै तत्काल सुरक्षाको बन्दोबस्त मिलाइदिन अनुरोध गरे । समितिमा आज कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन र बेवारिसे शवको पहिचान एवम् व्यवस्थापनबारे छलफल थियो ।

बैठकमा  रावलले राति–राति ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीलाई पनि जानकारी गराएको बताएका हुन् । उनले अझै खतरा टरिनसकेकाले दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्न अनुरोध गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस