पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०१ बैशाख २०७८, १० : ०१
पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

सुनसरी। पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका–१४ नर्भासा नहरमा पौडी खेल्दै गरेका बालकको दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुश भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी हुन्।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस