बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
उनका अनुसार गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।
दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए । अहिले अस्पतालमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०७७, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी