चितवन । चितवनको निर्माणाधीन वडा कार्यालय भवन ढलानको काम गरेर फर्कंदै गरेका २५ जना मजदुर सवार ट्रयाक्टर आइतबार साँझ पूर्वी चितवनको भण्डाराको पहाडी क्षेत्रमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।
घाइतेहरूको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले बताए । राप्ती नगरपालिका–११ को वडा कार्यालय भवन ढलान गरेर भण्डारा फर्कंदै गरेका मजदुर सवार ना१त ६२८२ नम्बरको ट्रयाक्टर चिउडेखोलामा दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट झन्डै दुई सय मिटर तल खसेको हो ।
पाँच जनाको मृत्यु भएको र अरूको अवस्था पनि गम्भीर रहेको रिपोर्ट छ,’ डीएसपी थापाले भने, ‘उद्धार र उपचारको क्रम जारी छ । मृतक र घाइतेहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरूलाई भरतपुरको सरकारी र दुवै मेडिकल कलेजका अस्पतालहरूमा भर्ना गरिएको छ ।’
स्थानीय गुमन तामाङले घटनास्थलमा पाँच जनाको शव देखेको बताए । ‘म घटनास्थलमै पुगेको थिएँ । भीरनजिक अलि अप्ठ्यारो मोड छ, त्यहींबाट ट्रयाक्टर खसेछ । हामीले पाँचवटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई अस्पताल पठाएका छौं,’ उनले भने, ‘पाँच जना त उहीं बितेका थिए । अरूको अवस्था पनि चिन्ताजनक नै छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा घरको छतमा खस्यो ट्याक्टर, दुई बालिका घाइते