युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, ०९ : ५२
युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् ।मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ ले हरायो भने इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलल लिभरपुलमाथि सहज जित हात पारेको हो । भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।

लिभरपुलका मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरे ।अर्को खेलमा सिटीले घरेलु मैदानमा जित हात पारेको हो । सिटीको जितमा भिन डे ब्रुएनाले १९औं र फिल फोडेनले ९०औं मिनेटमा गोल गरे । डर्टमण्डका मार्को रिउसले ८४औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस