काठमाडौं। फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी र जर्मनीको बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । केलियन एमबाप्पेले दुई गोल गरेपछि स्पेनको रियल सोसिडाडलाई पराजित गर्दै पीएसजी अन्तिम आठमा पुगेको हो ।
लुइस एनरिकको टोलीका लागि फ्रान्सका फरवार्ड एम्बाप्पेले व्यक्तिगत २७ औं र २८ औं गोलका हुन् । उनले खेलको १५ औ मिनेटमा पहिलो गोल गरे भने दोस्रो गोल खेलको ५६औं मिनेटमा गरे । रियल सोसिडाकका लागि लागि मारिनोले ८९औं मिनेटमा सान्त्वना गोल फर्काए। योसँगै समग्रमा सोसिसाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम आठमा पुगेको हो।
यसैगरी अर्को खेलमा खराब लयबाट गुज्रिएको बायर्न म्युनिखले इटालीको लाजियोलाई ३–० गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा १–० ले हारेको बायर्नले समग्रमा ३–१ को जित दर्ता गरेको हो । बार्यर्नका लागि इंग्ल्यान्डका कप्तान ह्यारी केनको दुई गोल महत्वपूर्ण रह्यो । बायर्न म्युनिखले लाजियोविरुद्धको पहिलो लेगको हार केनले खेलको ३८ र ६६ मिनेटमा गरेको गोलले नतिजा उल्टीएको हो । बार्यनका लागि लामो समयसम्म गोल गरेका थोमस मुलरले पनि एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १५ : १२
लेखकबाट थप