वैदेशिक सहायतामा अनुदानको हिस्सा घट्दो

पत्रपत्रिकाबाट

बुधबार, २५ चैत्र २०७७, ०७ : ५२
वैदेशिक सहायतामा अनुदानको हिस्सा घट्दो

काठमाडौं । पछिल्ला तीन आर्थिक वर्षको बजेटमा वैदेशिक अनुदान घट्दै गएको छ ।आव २०७४/०७५ मा वैदेशिक सहायतामध्ये ३६ अर्ब १६ करोड अनुदान थियो भने ७४ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक ऋण थियो । तर, आव ०७५(०७६ मा वैदेशिक सहायताको जम्मा १० प्रतिशतमात्र अनुदानको रुपमा प्राप्त भएको थियो ।

यसैगरी आव ०७६/०७७ मा वैदेशिक सहायताको २१ प्रतिशत अनुदान थियो । अघिल्लो आर्थिक वर्षमा ३२ अर्ब अनुदान सहयोग रहेकोमा २१ अर्ब ऋण सहायता प्राप्त भएको थियो ।

तीन वर्षको तथ्यांक हेर्दा सरकारले विकास साझेदारलाई विश्वासमा लिन नसकेको देखिएको अर्थविद्हरु बताउँछन् । ‘आर्थिक कूटनीतिमा नेपालको परराष्ट्र नीति फितलो बन्दै गइरहेका कारण अनुदान रकम घट्दै गएको हो,’ अर्थविद् प्रा.डा.रघुविर विष्ट भन्छन् । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस