नयाँ दिल्ली । भारतीय सेनाले एक लाख जवानको दरवन्दी कटौतीगर्ने भएको छ ।आगामी तीन–चार वर्षमा सेनाभित्र एक लाख दरबन्दी कटौती हुने जनाइएको हो । कटौती गरिने दरबन्दीमा अधिकांश तल्लो दर्जाका छन् ।
सेनाका शीर्ष अधिकारीले रक्षा मन्त्रालयसम्बद्ध संसदीय समितिमा दिएको जानकारी अनुसार दरबन्दी कटौतीमा पर्नेहरु गैरलडाकु वर्गका जवान हुन् । उनीहरु सेनामा विभिन्न प्रकारका सामान आपूर्ति गर्ने तथा बन्दोबस्तीका सामान ओसारपसारमा संलग्न रहँदै आएका छन् ।
सेनाको टोलीलाई विभिन्न संशाधन उपलब्ध गराउन खटिने त्यस्ता जवानको संख्या कम गरेर सेनाभित्र प्रविधिमैत्री संरचना बढाउन लागिएको सैनिक अधिकारीहरुको भनाइ छ ।
संसदीय समितिमा उदाहरण दिँदै सैनिक अधिकारीहरुले जनाएअनुसार सेनाको एउटा लडाकु कम्पनीमा १२० जना त्यस्ता सैनिक रहन्छन् । उनीहरुलाई प्रविधि उपलब्ध गराउने हो भने ८० जनाबाटै त्यति काम सम्पन्न हुने ती अधिकारीहरुको भनाइ छ ।दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रविधिमा खर्च गर्ने सेनाको योजना छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ चैत्र २०७७, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सेनालाई मार्च १५ सम्ममा देश छाड्न माल्दिभ्सले दियो अल्टिमेटम