प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन्।
ओलीले नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन्। नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैंले मनाउने प्रयास गरेका छन्।
आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन्।
‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ। यद्यपि उहाँहरूको कुरा खास अर्थपूर्ण छैन’, नेपाल पक्षका एक नेताले भने।
ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन्। खनालको स्वास्थ्यअवस्था बुझ्ने बहानामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन्।
डल्लुस्थित इतिहासकार महेशराज पन्तको पुस्तकालय अवलोकन गर्ने कार्यक्रम तय गरेर खनाललाई भेट्न पुगेकी भण्डारीले ओलीलाई सहयोग पुग्नेगरी पार्टी एकतामा जोड दिएकी थिइन्।
‘एमाले विभाजित हुनुहुँदैन। सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी भएकाले पनि एमालेलाई एकताबद्ध बनाउने काममा तपाईंको भूमिका मुख्य रहन्छ। सकेसम्म पार्टी एकताबद्ध बनाउने जिम्मा तपाईंको पनि हो’, राष्ट्रपति भण्डारीले खनालसँग भनेकी थिइन्।
खनाल पार्टी अध्यक्ष भएका बेला भण्डारी उपाध्यक्ष थिइन्। त्यसकारण पनि ओली–खनाल मिलेर जानुपर्ने उनको संकेत थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ चैत्र २०७७, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ : प्रधानमन्त्री ओली
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री ओली
एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री ओली