माधव नेपाल पक्षधर विद्यार्थीले गरे आयल निगम घेराउ

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १३ : ३२
माधव नेपाल पक्षधर विद्यार्थीले गरे आयल निगम घेराउ

काठमाडौं । पेट्रेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको एक समूहले आज आयल निगम घेराउन गरेको छ ।माधव नेपाल पक्षधर अनेरास्वियूको केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।

प्रतिक्रिया दिनुहोस