चितवन । नेकपा एमाले माघव नेपाल समुह चितवनले आज भरतपुरमा युवा, विघार्थी र महिलाको जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । युवा संघ, अखिल नेपाल बिद्यार्थी युनियन अनेरास्ववियु र अनेम सघंको नयाँ कमिटि निर्माण गरेको छ ।
आजै नेकपा एमालेको माघव नेपाल समुहले देशैभरका कमिटी निर्माण र पुर्नेगठनको दुई महिने अभियान घोषणा गरेको थियो ।
त्यहीँ अभियान अन्तर्गत नेकपा एमाले चितवनको तीन वटा शक्तिशाली जनवर्गीय संगठनहरुको नयाँ कमिटी बनाईएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज कृष्ण खनालले जानकारी दिए ।
भेलाले युवा संघ चितवनको अध्यक्षमा सन्जीव लामिछाने सहित ५०१ सदस्यिय नयाँ कमिटी गठन गरेको छ ।
त्यस्तै अनेरास्ववियुको जिल्ला अध्यक्षमा साकार लामा सहित १०१ सदस्यि जिल्ला कमिटी गठन गरेको छ ।
उक्त जिल्ला भेलाको अध्यक्षता नेकपा एमाले चितवनका नेता तेजेन्द्र खडकाले गरेका थिए भने प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य डा.विजय पौडेल थिए । त्यस्तै युवा संघ केन्द्रिय अघ्यक्ष नरेश शाही तथा अनेरास्ववियुका केन्द्रिय अघ्यक्ष सुदेश पराजुलीले भेलालाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०७७, २० : ३९
लेखकबाट थप