काठमाडौं । नेपाली काँग्रेसले सिन्धुपाल्चोकबाहेक सबै जिल्लाको संगठन समायोजन सकेको छ । काँग्रेसको स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम ७७ जिल्लाको समायोजन गर्ने कार्य पार्टी केन्द्रीय निर्वाचन समितिलाई सुम्पिएकोमा ७६ जिल्लाको समायोजन गर्ने कार्य सकिएको हो ।
सिन्धुपाल्चोकको भने प्राविधिक कारणले नसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समायोजन गर्ने क्रममा अभिलेखहरु दुरुस्त रहेको जिल्लामा कुनै समस्या नदेखिएपनि अभिलेख ठीनसँग नराखिएको स्थानमा भने सत्यतथ्य छुट्याउन निकै सकस भएकाले आउन दिनमा वडादेखि केन्द्रीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको अभिलेख सम्बन्धित सबै तहमा राख्ने र हेर्न सक्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ ।
समायोजनका क्रममा अन्तिममा समायोजन भएका सप्तरी धनुषा, सर्लाही, बारा तथा पर्सा जिल्लामा केही उजुरी परेका थिए । ती उजुरीमाथि छानबिन भइ निर्णय दिँदा समेत केही गुनासो काममै रहेको बताइएको छ । त्यस्ता गुनासाहरु केन्द्रीय समितिमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०७७, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
काभ्रेमा काँग्रेसको सय दिने अभियान: ‘सदस्यता घर-आँगन’