विपिन कार्की स्टारर चलचित्र ‘हरि’ को ट्रेलर सार्वजनिक (भिडियो)

बुधबार, १४ चैत्र २०७४, ०२ : ३२

चितवन :  विपिन कार्की स्टारर चलचित्र ‘हरि’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले युट्युबमा ट्रेलर सार्बजनिक गरेको हो । सफल केसी र प्रतिक गुरुङको लेखन/निर्देशन रहेको चलचित्र यही आउँदो २०७५ सालको जेठ ४ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा विपिनका अलवा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश, राम भजन र सुनिता बजगाईंको मुख्य अभिनय रहेको छ । ट्रेलरमा विपिन कार्की भिन्न अवतारमा देखा परेका छन् । चलचित्र ‘हरि’मा अर्जुन कार्कीको सम्पादन, चिन्तनराज भण्डारीको छायाँकन, जसोन कुँवरको संगीत र योगेश्वर पौडेल,थक्पा तामाङ,माधव थापाको निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस