विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०७७, ११ : ५३
विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा पंगेनी, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं  थिए ।सञ्चार तथा सुचना प्रविधि  मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।

त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस