एजेन्सी । म्यानमारमा सैनिक शासनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा सेनाले ४३ बालबालिकाको हत्या गरेको छ । बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले प्रदर्शन सुरु भएयता सेनाले ४३ जना बालबालिकाको ज्यान गएको जनाएको छ।
सेभ द चिल्ड्रेनले म्यानमारको अवस्था डरलाग्दो र खतरनाक रहेको बताएको छ । ज्यान गुमाउनेमा एक ६ वर्षीया बालिका समेत छिन् । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य शासन सुरु भए यता भएको विरोध प्रदर्शनका क्रममा हालसम्म ५३६ जनाले ज्यान गुमाइसकेका छन् ।
संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारमा रक्तपात अझै बढ्न सक्ने खतरा रहेको बताएका छन् । म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समूदायले गरेको आग्रह त्यहाँको सेनाले सुनेको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० चैत्र २०७७, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
निर्दोष बालबालिका पनि कारागारमा
जाडोका कारण दुई सय बढी बालबालिका विद्यालय जान छाडे
एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप