एजेन्सी । विवाह हरेक मानिसको महत्वपुर्ण निर्णय हो । यो निर्णयले केवल दुई व्यक्तिमात्र होइन, परिवार पनि एक आपसमा बाधिने गर्दछन् । तर कतिपय अवस्थामा भने विवाहमा खटपट र तनाव उत्पन्न हुने गरेको छ । तथापी विवाहका धेरै फाइदाहरु छन् ।
के छन् फाइदा ?
१. विवाह गर्नेहरु अविवाहित व्यक्तिको तुलनामा दीर्घकालसम्म खुसी रहन सक्ने तथ्यांकले देखाएको छ । मिसिगन स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार विवाहपछि, विवाहभन्दा अघिभन्दा तुलनात्मक रुपमा मानिसहरु बढी आनन्दित, हाँसीखुसी देखिने गर्छन् ।
२. व्यक्तिले लिने निर्णयमा विवाहपछिको निर्णय बढि समाधान उन्मुख हुने पाइएको छ । विवाहअघि मानिसले हतारमा एकलौटी निर्णय लिने तर विवाहपछि भने पार्टनरसंग सल्लाहमा लिएको निर्णय बढि व्यवहारिक पाइएको छ ।
३. विवाहपछि मानिसको बोली, व्यवहार र काम बढि जिम्मेवार पाइएको छ । विवाहअघि मानिस अलि बढि लापरबाह हुने र आफ्नो व्यवहार, काम र बोलीमा समेत मार्धुयता नहुने भएकाले विवाहिताहरु हरेक कुरामा जिम्मेवार हुने गरेका छन् ।
४. अविवाहितको तुलनामा विवाहपछि मानिसहरु मोटाउने गर्दछन् । यसको कारणमा मानिसको सन्तुलित खानपान, जीवनमा सन्तुष्टि लगायतका कारण जिम्मेवार रहेका छन् । तथापी स्लिम हुनु मोटाउनुको तुलनामा राम्रो हो ।
५. बिभिन्न सामाजिक, धार्मीक र पारिवारीक कार्यक्रममा विवाहितहरु बढि सामेल हुने गर्दछन् । जसका कारण लामो समयदेखि यी कार्यक्रममा संलग्न नभएका अविवाहितको तुलनामा विवाहिताहरु बढि सक्रिय हुने गर्दछन् । यसले परिवारका सदस्यहरुबीच सामिप्यता बढाउने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ चैत्र २०७७, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
गायिका स्मिता दाहालले गरिन् बिहे
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी
मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशतभन्दा बढी