चितवन । विश्व कविता दिवसका अवसरमा आइतबार चितवनमा कविता वाचन गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा बहुभाषिक कविता वाचन कार्यक्रम गरिएको हो ।
नारायणगढस्थित सम्पूर्ण किताबमा भएको कार्यक्रममा उपस्थित कविहरूले रास्ट्रभाषा नेपाली सहित विभिन्न भाषामा कविता प्रस्तुत गरे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि रेशम बिरहीले विश्व कविता दिवसको अवसर पारेर अक्षर समूहले बहुभाषिक कविता वाचनको कार्यक्रम गरेर कविताको गरिमा जोगाएको बताए ।
अक्षर समूहका पूर्वअध्यक्ष भूपिनले विश्व कविता दिवसको अवसर पारेर पछिल्ला वर्षहरूमा नियमितरूपमा बहुभाषिक कविता वाचनको कार्यक्रम गरिरहेको बताए ।
कार्यक्रममा सरला जोशी, अम्बिका कार्की, रन्जना लिम्बू, माया गुरुङ, भूपिन, मीनराज वसन्त, देवि शर्मा, लेखराम सापकोटा लगायतले कविता प्रस्तुत गरे । कार्यक्रममा राष्ट्रभाषा नेपाली सहित गुरुङ, नेवारी, हिन्दी र अङ्ग्रेजी भाषाका कविता सुनाइएको थियो ।
अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले विभिन्न साहित्यिक सन्दर्भहरूमा अक्षर समूहले नियमितरूपमा कार्यक्रमहरू गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०७७, १३ : ३०
लेखकबाट थप