काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् ।
प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका छन् ।
यस्तै गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर राक्का, लुम्बिनीको अध्यक्षमा रुपन्देहीका प्रदीपकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ फागुन २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन