भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता छ : उद्योग राज्यमन्त्री  वि.क

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १५ : १८
भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता छ : उद्योग राज्यमन्त्री  वि.क

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क.ले भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडी बढाउँदा भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन्  ।

आइतबार दशौँ नेपाल भौगर्भिक सम्मेलन २०२१ को उद्घाटन गर्दै राज्यमन्त्री वि.क.ले सरकारले विकास निर्माण र भौतिक संरचना निर्माणका धेरै कामहरु अगाडी बढाएको भन्दै ति कामहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउनको निम्ति भुगर्भ विज्ञानको सहि अध्ययन, अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।

विकास निर्माणका कामलाई दुरगामी गराउन र देशलाई समृद्ध बनाउनको निम्ति सरकारले गर्ने कामहरुलाई भुगर्भ विज्ञानसँग जोडेर व्यवस्थित गर्नैपर्ने उनको भनाई छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचना भुकम्प प्रतिरोधी नभएका कारण भुकम्पका कारण धेरै क्षति बेहोर्नुपरेको बताए ।

पुनर्निर्माणको भुगर्भको अध्ययन हुनुपर्नेमा पनि उनको जोड छ । भौतिक पूर्वाधार निर्माणमा भुगर्भको अवस्था अनुसार ध्यान दिनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाई छ ।

पछिल्लो समय सरकार र इन्जिनियरिङ क्षेत्रमा भुर्गभको अध्ययन गर्नुपर्ने बुझाइ क्रमश बढ्दै गएको भन्दै ज्ञवालीले यसको निम्ति भुगर्भविद्हरुको योगदान महत्वपूर्ण हुने बताए।

 

 

प्रतिक्रिया दिनुहोस