चलचित्र

चलचित्र ‘तिमी सगँ’ को टिम चितवनमा

शनिबार, १० चैत्र २०७४, १५ : १५
चलचित्र ‘तिमी सगँ’ को टिम चितवनमा

चितवन : चैत्र २३ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिमी सगँ’ यूनिटले पत्रकारसँग भेटघाट गरेको छ । चलचित्रको प्रचारमा रहेको चलचित्र यूनिटले प्रचारकै क्रममा शनिबार आज चितवनमा पत्रकार सम्मेलन गरेको हो । चलचित्रको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार सामराज्ञी राज्य लक्ष्मी शाह, नाजिर हुसेन , आकाश श्रेष्ठ , निर्माता निर्देशक शिशिर राणा  लगायतको उपस्थिती रहेको थियो ।  


पत्रकार सम्मेलनमा सामराज्ञीलाई यो फिल्मबाट कत्तिको आशाबादी हुनुहुन्छ भन्ने प्रश्नमा सामराज्ञीले भनिन् यस अघिको फिल्म भन्दा धेरै मिहिनेत गरेकोले थप अाशावादी रहेकाे बताइन । कथामा उकृष्ट कमेडी तथा त्रिकोणात्मक प्रेम कथा देखाइएको बताईन् । फिल्मको टिमसगँ काम गर्न निकै सजिलो भएको उनको भनाई थियो ।


फिल्मका निर्माता निर्देशक शिशिर राणाले तिमी सगँ एक पारिवारिक फिल्म भएको बताए । चलचित्रमा यात्राका क्रममा हुने माया प्रेमलाई प्रस्तुत गरिएको बताए ।  
अर्का कलाकार नाजिर हुसेनले कथामा तराई देखि हिमालसगँको दृश्य देख्न पाईने बताए । यस फिल्मबाट धेरै नै आशावादी रहेको बताए । त्रिकोणात्क प्रेम काहनीको बारेमा भने चैत्र २३ गते नै थाहा  हुने बताए ।

प्रतिक्रिया दिनुहोस