विप्लवसंग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १३ : ०३
विप्लवसंग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

file Photo

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) सँग वार्ताद्वारा समस्या समाधान गर्न गृहमन्त्री रामवहादुर थापा (बादल) को संयोजकत्वमा  प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनेगरी २ सदस्यीय वार्ता टोली गठन गरेको छ । 

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता टोली गठनबारे जानकारी दिएका हुन् ।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस