चीन । चीनमा रहने एक दम्पतीले दुुईवटा मात्रै बच्चा जन्माउन पाउने नीति उल्लंघन गर्दै सात बच्चा जन्माए । यसपछि उनीहरुले सरकारलाई ठूलो जरिवाना रकम बुझाउनु परेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दम्पतीले सात बच्चा जन्माएका कारण १ लाख ५५ हजार अमेरिकी डलर सोशल सपोर्ट फि बुझाउनुप¥यो ।
३४ वर्षकी महिला उद्योगपति ज्हांग रोंगरोंग र उनका ३९ वर्षका पतिका पाँच छोरा र दुई छोरी छन् । जरिवाना नबुझाएको भए उनीहरुले पाँचजना बच्चाको सरकारी पहिचानसँग जोडिएका कागजात प्राप्त गर्न सक्दैन थिए ।
ज्हांगले स्किनकेयर, ज्वेलरी र कपडाका उद्योग चलाइरहेकी छिन् र उनको दक्षिण–पूर्वी चीनमा उनका कम्पनीहरु छन् । आफुलाई एक्लोपनले धेरै हैरानी हुने भएकाले धेरै बच्चा जन्माएको उनले बताएकी छिन् । ‘म कहिल्यै एक्लो रहन चाहन्न । जब मेरा पति आफ्नो व्यापारिक टुरका लागि बाहिर हुन्छन् । तब मलाई निकै दुख लाग्ने गर्छ । मेरा ठूला छोराछोरी पढाईका लागि अन्य शहरमा गइसकेका छन्, त्यस्तोमा साना बच्चाहरु मेरो साथमा रहन्छन्,’ उनले भनिन् । सातजना सन्तान जन्माइसकेपछि अब फेरि सन्तान जन्माउने कुनै योजना नरहेको उनले बताइन् ।
ज्हांगका अनुसार बच्चा जन्माउने योजना बनाउनुअघि उनीहरुले आर्थिक रुपमा सम्पन्न हुने सुनिश्चित गरिसकेका छन् । ‘हामीले उनीहरुलाई आर्थिक सुरक्षा दिनसक्छौं भन्ने सुनिश्चितता गरेपछि बच्चा जन्माउने योजना बनाएका थियौं,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ फागुन २०७७, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना
बुद्धमाई अस्पताललाई काठमाडौँ महानगरको १ लाख जरिवाना
बढीभाडा उठाउने र नियम विपरीत सवारी संचलनल गर्नेलाई जरिवाना
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
पानीमा किरा भेटिएपछि किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना
बासी खानेकुरा बेच्ने धादिङको एक होटेललाई दुई लाख जरिवाना