बहुप्रतिक्षित नेपाली चलचित्र शत्रु गते अाज देखि सिनेमा घरमा

शुक्रबार, ०९ चैत्र २०७४, ०१ : ०६

काठमाण्डाै :फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार  देखि सम्पूर्ण सिनेमा घर बाट चलचित्र ‘शत्रु गते’ प्रदर्शनमा आएको छ । प्रतिक्षित चलचित्र ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ‘शत्रु गते’लाई मह सञ्चारको प्रस्तुती र किरण केसीले निर्माण गरेका हुन् ।

‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल,राजाराम पौड्याल, अन्जु महर्जन राजु भुजु, मोहितवंश आचार्य, रवि शर्मा, नरेन्द्र कंशाकार लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्याल निर्माताको रुपमा रहेका छन् ।पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस