टुँडिखेलमा मार्च : बयलगाढाको तस्बिर लिएर प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १६ : ३१
टुँडिखेलमा मार्च : बयलगाढाको तस्बिर लिएर प्रदर्शन

काठमाडौं । बृहत नागरिक आन्दोलनमार्फत शुक्रबार टुँडिखेलमा मार्च भएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको थियो । मार्चमा बयलगाढाको तस्बिर बनाएरसमेत प्रदर्शन गरिएको थियो । 

मार्चमा सहभागीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए । मार्चमा सहभागीहरु टुँडिखेलमा प्रवेश गर्ने आशंकामा सबै गेटमा ताला लगाइएको थियो । कार्यक्रममार्फत नागरिक घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस