पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, १४ : ३७
पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

काठमाडौँ । पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा प्रचण्ड–मधव पक्ष निकट अनेरास्ववियूले नेपाल आयल निगम घेराउ गरेको छ ।

नेपाल आयल निगमले एक साताको बीचमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि विरोधमा अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउसहित प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले ‘मूल्य वृद्धि फिर्ता गर, निगमको आयव्यय पारदर्शी गर, चुहावट नियन्त्रण गर, पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत कायम गर’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।  निगमले यो सातामात्रै माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्ववृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस