सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर

एजेन्सी

विहीबार, ०६ फागुन २०७७, १३ : ०७
सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर

मेलबोर्न ।अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नाओमी ओसाकाले सेरेना विलियम्सलाई पराजित गरेकी छिन् । 

चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६–३, ६–४ को सोझो सेटमा पराजित भएकी थिइन् । अब फाइनलमा ओसाकाले अमेरिकी जेनिफर ब्राडी वा चेक गणतन्त्रकी कारोलिना मुचोभामध्ये एकसँग शनिबार खेल्नेछिन् । ओसाकाको यो चौथो ग्रान्डस्लाम उपाधिका लागि भिडन्त हुनेछ । 

चार वर्षअघि गर्भवती रहेकै बेला विलियम्सले एउटा ग्रान्डस्लाम जितेकी थिइन् । त्यसयता उनी सन् २०१८ मा युएस ओपनमा ओसाकासँगै विवादास्पद फाइनलमा पराजित भएकी थिइन् । 

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले आफूले शुरुमा केही गल्ती गरेको र आफू साँच्चिकै अत्तालिएको र डराएको बताए । 
 

प्रतिक्रिया दिनुहोस