रुपन्देहीमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, १२ : ३९
रुपन्देहीमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा  स्कुलबसको ठक्करबाट मर्निङवाकमा निस्किएका एकजना युवाको मृत्यु भएको छ । तिलोत्तमा ११ स्थित कुमारी चोकमा बसको ठक्करबाट तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो ।

बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर दिएको थियो । घाइते थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस