ग्लोबल आइएमईको पुँजीकरण खर्ब नाघ्यो, लगानीकर्ताको बढ्दो आकर्षण

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, १२ : ०९
ग्लोबल आइएमईको पुँजीकरण खर्ब नाघ्यो, लगानीकर्ताको बढ्दो आकर्षण

काठमाडौं । ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ । सोमबार नेप्सेले ऐतिहासिक उचाई बनाउँदै २५८६ अंक पुगेपछि आइएमई समूहको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

२१ करोड ६३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब दुई अर्ब रुपैयाँ पुगेको छ । बैंकको सेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

पछिल्लो समय ग्लोबल आइएमई बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस