हराएको बाइस दिनपछि जंगलमा शव फेला

विहीबार, ०८ चैत्र २०७४, १२ : ३२
हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।

गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । शव कुहिएको अवस्थामा फेला परेको छ उहाँले भन्नुभयो । शव नजिकै एक हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस