पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको प्रधानमन्त्रीले गरे उद्घाटन

सफल खबर संवाददाता

सोमबार, ०३ फागुन २०७७, ११ : ३२
पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस