प्रचण्ड नेपाल समूहद्वारा प्रदेश १ को वार्षिकोत्सव बहिष्कार

सफल खबर संवाददाता

सोमबार, ०३ फागुन २०७७, ११ : १६
प्रचण्ड नेपाल समूहद्वारा प्रदेश १ को वार्षिकोत्सव बहिष्कार

विराटनगर । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड नेपाल पक्षले बहिष्कार गरेको छ। मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन्।

यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन। कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक पटक बोलावट भए पनि उनी अनुपस्थित रहे।

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन। मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे।


प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध उनकै दलले सदनमा अविश्वास प्रस्ताव दर्ता गरेपछि सरकार पक्षले नै प्रदेश सभा अवरोध गर्दै आएको छ। त्यसयता ओली पक्ष प्रदेशमा एक्लिँदै गएको छ।

प्रतिक्रिया दिनुहोस