अर्को चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव समूह

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, १० : ३३
अर्को चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव समूह

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध अर्को चरणको आन्दोलन घोषणा गरेको छ । उक्त समूहले आज अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्दैछ ।

केन्द्रीय संघर्ष समितिले आज आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो । आज दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत प्रचण्ड माधव समूहले अर्को चरणको कार्यक्रम घोषणा गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस