आज देखि खुल्यो महिला लघुवित्तको आईपीओ

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, ११ : ४४
आज देखि खुल्यो महिला लघुवित्तको आईपीओ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री शुक्रबार (आज) देखि  खुला भएको छ ।  लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । यसमा (०.५ प्रतिशत) ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 


यसमा  न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । 


पछिल्लो समय आइपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेपछि आइपिओ पाउन भाग्यमै भर पर्नुपर्ने भएको छ । १० कित्ताका दरले आइपिओ भाग लगाउँने हो भने यसमा जम्मा ३७ हजार ५ सय जना लगानीकर्ताले मात्र  हात पार्ने देखिन्छ ।


यसकारण महिलाको आइपीओमा १० कित्ताका लागि आवेदन दिए हुन्छ  । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ । फागुन २ गतेसम्म सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस