राजनीति

माडीको गुन बिर्सीएको छैन , गुन तिर्ने ठुलो ईच्छा छ : प्रचण्ड

आइतबार, १० मंसिर २०७४, २२ : २६
माडीको गुन बिर्सीएको छैन , गुन तिर्ने ठुलो ईच्छा छ : प्रचण्ड

देबेन्द्रपुर माडी । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडीको गुन तिर्न आफु तत्पर रहेको बताउनुभएको छ । चितवनको जनप्रतिनिधी भएर सबै भन्दा पहिले माडीको विकास,निमार्ण र समृद्धिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोमबार माडीको देबेन्द्रपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले माडीका जनतालाई गुन तिर्न लामो समय पछि अवसर मिलेको भन्दै माडीको विकासमा जोड दिनुभयो । माडीलाई चितवनको मडीको रुपमा विकास गरिने उहाको भनाई छ । माडीको मुख्य समस्या रिऊ नदी र अन्य ठाडो खोलामा तटबन्धन ,जङगली जनवार विषेश गरी हात्तीको आतङक रोक्ने गरी फाउण्डेसन सहितको हात्तीले भत्काउन नसक्ने बार, माडीको मुख्य सडक र भित्री सडको कालो पत्रे गरिने बताउनुभयो । 


त्यसतै माडीको वृहतर विकासको लागि हुलाकी सडक , चीन भरत जोड्ने ठोरी केरुङ लोकमार्गको कार्यलाई अगाडी बढाईने काममा गभ्भिर रहेको उल्लेख गर्नुभयो । माडीलाई पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा विकास गर्न पश्चिम चितनवसम्म बाटो जोडिने जानकारी दिनुभयो । त्यसका लागि आकाशे पुल वा सुरुङमार्ग निमार्ण गरिने उहाँले बताउनुभयो । माडीको कृषीलाई आधुनिकीकरण ,विविधीकरणलाई समेत प्रथामिकतामा राख्नुभएको छ । प्रचण्ड बनाउने तपाई हो ,राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने तपाईहरु नै हो ,अब म तपाईहरुको सेवाको लागि आएको छु् भन्नुभयो । प्रचण्डले आफु सांसद बन्न मात्र चितवन नआएको प्रष्ट पार्नुभयो । चितवनलाई देशकै अग्रणी विकासीत जिल्लाको रुपमा स्थापित गर्न यस पटक चितवन आएको बताउनुभयो । 


पहिलो र दोस्रो संविधान सभाको चु्नावमा चितवन आउन खोजेको भएपनि आवस्था र परिस्थितीले आउन नपाएको भन्दै उहाँले आफ्नै गृह जिल्लामा आउन पाउदा खुसी भएको उल्लेख गर्नुभयो । देश ७० बर्ष देखि राजनीतिक भुमरीमा परेकाले कुनै पनि सरकार ५ बर्ष नचलेकाले देशको विकास हुन नसकेको उहाको भनाई थियो । यो भुमरीबाट देशलाई बाहिर ल्याउन बाम एकताको कदम चालेका छौ उहाँले भन्नुभयो । देशको स्थायित्वको लागि बाम एकता ऐतिहासिक कदम हो । यस एकताबाट नेपाली जनता उत्साहित छन् । देश विकासलाई गति दिन बाम एकता गरिएको छ ,अब देशमा बिकासको लहर आउनेमा दुई मत नरहेको बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस