रामकुमारी झाँक्री पक्राउ प्रक्ररण  : नेता जनार्दन शर्माले गरे विरोध

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १३ : ४९
रामकुमारी झाँक्री पक्राउ प्रक्ररण  : नेता जनार्दन शर्माले गरे विरोध

काठमाडौं । नेकपा प्रचण्ड– नेपाल समूहका नेता जनार्दन शर्मा प्रभाकारले नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गरेका छन् । उनले झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मुठभेडमा लगी आफ्नो निहीत स्वार्थ पूरा गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन् । 

‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आपनो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको अभियोगमा उनलाई प्रहरीले बिहीबार बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस