नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले बुझायो पक्राउ पूर्जी

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १२ : ५७
नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले बुझायो पक्राउ पूर्जी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ पूर्जी बुझाएको छ । निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई राज्यविरुद्धको कसुर ऐनको दफा ५८ अनुसार  पक्राउ पूर्जी बुझाएका हुन् ।  

नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको शंखमूलस्थित निवासबाहिर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केृपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस