नयाँ शक्तिले पुराना पार्टीसँग एकता गर्दैन : भट्टराई

बुधबार, ०७ चैत्र २०७४, १६ : ०६
नयाँ शक्तिले पुराना पार्टीसँग एकता गर्दैन : भट्टराई

भरतपुर : नयाँ शक्ति नेपालका केन्द्रिय संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादीसगँ तत्काल एकता सम्भव नरहेको बताउनु भएको छ । नयाँ शक्ति नेपालको लुम्बिनी संकल्प कार्यक्रम २०७४ का लागि चितवन आईपुग्नु भएका भट्टराईले नयाँ शक्ति पार्टी नेपालको वैकल्पिक पार्टी भएकाले पुराना पाटीसगँ एकता सम्भव नरहेको प्रष्ट पार्नुभयो ।

बाहिर जे जस्तो कुरा आए पनि त्यो साँचो नभएको, पुराना शक्तिहरुको विकल्प खोज्न नै नयाँ शक्ति पाटीको जन्म भएको भन्दै उहाँले नयाँ शक्ति अहिले प्रतिपक्षको भुमिका मै बस्ने बताउनुभयो । अन्दोलनको क्रममा धेरै बाँचा गरिएको थियो  ,उहाँले भन्नुभयो, “पहिलो संविधान सभाले र संवैधानिक समितीहरुले गरेको निर्णय अनुरुप संविधान जारी गर्न नसकेनौ । राज्यको पुर्नसंरचा , महिला ,दलित जनजाती अधिकारको कुरा ,त्यहाँ अपुरो छ ।” त्यसैले संविधानलाई संसोधन गर्नुपर्छ भन्ने पक्षमा आफ्नो पाटी रहेको औल्याउनुभयो ।

 


 

डा भट्टराईले संविधान संशोधन गर्नुपर्ने एजेण्डाहरु शासकिय स्वरुपमा परिवर्तन  ,पुर्ण समानुपातिक संसद  र राज्य पुर्नसंरचना विषय रहेको जानकारी दिनुभयो । हामीले पहिला देखि नै भन्दै आईरहेका छौ , भट्टराईले भन्नुभयो , यी विषयमा संशोधनका लागि अब सडक र संसदबाट संर्घष गरिने छ । प्रत्यक्ष निर्वाचत कार्यकारी राष्ट्रपतिय प्रणाली ,राज्यको पुर्नसंरचनाको लागि आयोग र समितिले १० प्रदेशको मोडमा अघि सारेको ढाँचा अनुसार राज्यको पुर्नसंरचाना गर्न संविधान संशोधन गर्न आवश्यक रहेको भट्टराईले बताउनुभयो  । यी कुराहरुलाई संविधान संशोधन गर्दै संविधानलाई पुर्णता दिनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस