छिमेकीलाई पेटमा छुरा प्रहार गरेर फरार भएका एक जना युवा पक्राउ

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १२ : २१
छिमेकीलाई पेटमा छुरा प्रहार गरेर फरार भएका एक जना युवा पक्राउ

मोरङ । मोरङको बेलबारीमा छिमेकीलाई छुरा प्रहार गरेर फरार रहेका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउलाई प्रहरिले पक्राउ गरेको हो । आफूलाई गालीगलौज गरेको भन्दै उराउले दाहालको पेटमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस