काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्तिमार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको छ । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।”
विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै नेकपाले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । नेकपाले मृतक किशोरी भागरथीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ माघ २०७७, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान
महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल
विश्वविद्यालयहरुले समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्नुपर्छ : माधव नेपाल
सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
नेकपा एसमा वैचारिक मतभेद छैन : माधव नेपाल