भरतपुर महानगर प्रमुख रेनु दाहालले गरिन् ‘स्टार क्रिकेट २०२१’ को उद्घाटन

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, १२ : १९
भरतपुर महानगर प्रमुख रेनु दाहालले गरिन् ‘स्टार क्रिकेट २०२१’ को उद्घाटन

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ । आजै सम्पन्न हुने एक दिवसिय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले र ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्धाटन गरेका हुन् ।

महानगर प्रमुख दाहालले महानगरले आफ्नो गौरबको आयोजना समयमै पुरा गर्न हर प्रकारको सहयोग गरिरहेकोे बताइन् । उनले यस गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्दै विजयको शुभकामना दिएकी थिइन् ।

उद्घाटन कार्यक्रममा महानगर उपप्रमुख पार्बती शाह ठकुरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, खेलाडी र कलाकार हरूको सहभागिता रहेको थियो । कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस