नेपालगन्ज । बिगत एकवर्ष देखि क्यान्सरसँग लड्दै आएका श्रीमानको तत्काल बोनम्यारो अप्रेसन गर्नुपर्ने भएकोले भेरी अस्पताल नेपालगंज कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीले सहयोगको याचना गरेकी छिन् । उनले आफुहरुसंग आर्थिक अभाव भएको हुदा श्रीमानलाई बचाउन सबैलाई सहयोग गरिदिनका लागि आग्रह गरेकी हुन् ।
हाल श्रीमानको काठमाण्डौंको पाटन अस्पतालको बेड नं २८२ मा उपचार भइरहेको र उनको तत्काल अप्रेसन गर्नु पर्ने भएकोले सहयोगको अपिल गरेको उनले बताइन् । घरको आर्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हारगुहार गरेको छु भन्दै यस्तो पत्र लेखेकी छिन्....
‘हजूरहरु समक्ष यसरी कुनै दिन जीवनको सबै भन्दा तितो सत्य लाई दर्शाउदै सहयोगको हात बढाउन आग्रह गर्नेछु भन्ने सोचेको त थिएन तर अवस्था र परिस्थितिले बाध्य बनाइदियो । मेरो श्रीमान भरत बहादुर बुढा विगत १ वर्ष देखि क्यान्सर पिडित भएर नियमित औषधि खाँदै हुनुहुन्थ्यो ।
अहिले आएर अवस्था जटिल भएपछि १० दिन अगाडि देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको बेड नं २८२ मा भर्ना गराइ किमो थेरापिको उपचार गराई रहेको र तत्काल बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने कुरा सबैलाई जानकारी गराउन चाहन्छु । यस अवस्थामा मलाई आर्थिक समस्याले कठिन मोडमा उभ्याईदिएको छ । त्यसैले हजुरहरुको सानो सहयोगले मेरो श्रीमानको अवस्थामा सुधार गर्न ठूलो भुमिका खेल्नेछ । हजुरहरु सबैको सहयोगी भावनाले यो रोगसँगको लडाई हामीले जित्न सक्नेछौ ।
सहयोगी हातहरु अगिबढि सकेकाछन् । ज जसले अहिलेसम्म सहायोग गर्नु भयो उहाँहरु प्रति म आभारी छु । हजुरहरुको सहयोगले मेरो श्रीमानलाई निको हुनेछ भन्नेमा मलाई थप आशावादि र उर्जाशिल बनाएको छ। हजुरहरुको सहयोगको अपेक्षा गर्दछु।’
एन आइ सी बैक खाता नम्बर : 2087621718524001
खातावालाको नाम : सुनिता कुमारी सहकारी
मोबाईल नम्बर : ९८४४८८३३९५
सुनिता कुमारी सहकारी सान्नित्रिवेणी २ कालीकोट
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
जुम्लामा ८ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय
क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने