बेपत्ता र सत्य निरुपण आयोगको म्याद असार सम्म थप

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १७ : ५६
बेपत्ता र सत्य निरुपण आयोगको म्याद असार सम्म थप

 काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद थपेको छ ।

यही माघ २६ गतेसम्म रहेको दुबै आयोगका पदाधिकारीको म्याद आगामी असारसम्मका लागि थप गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश जारी गरेर म्याद थपेकी हुन् ।

प्रतिक्रिया दिनुहोस