म्यानचेष्टर सिटी शीर्ष स्थानमा

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १२ : ३३
म्यानचेष्टर सिटी  शीर्ष स्थानमा

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा ३ अंको अग्रता बनाएको छ । सिटीले बर्नलेलाई २,० ले पराजित गरेको हो ।

बर्नलेको मैदानमा भएको खेलमा सिटीका लागि गाब्रीएल जेसले तेस्रो र रहिम स्टर्लिङले ३८औं मिनेटमा गोल गरे ।

जितपछि सिटीले २१ खेलबाट ४७ अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडभन्दा अझै एक खेल कम खेलेको छ । युनाइटेड २२ खेलबाट ४४ अंकसहित दोस्रो स्थानमा छ ।

उता फुलहमलाई २,० ले नै पराजित गर्दै लेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ । लेस्टरको जित केलेची इहनाचो र जेम्स जस्टिनले पहिलो हाफमा गोल गरे । जितपछि लेस्टरको २ खेलबाट ४२ अंक छ ।

प्रतिक्रिया दिनुहोस