आमहड्ताल विरुद्ध सत्तापक्षले भिजिलान्ते उतार्ने तयारी

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, ०९ : ११
आमहड्ताल विरुद्ध सत्तापक्षले भिजिलान्ते उतार्ने तयारी

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समुहले प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर एकपछि अर्काे असम्वैधानिक कदम चाल्दै जान थालेपछि आव्हान गरेको आमहड्तालका विरुद्द सत्तापक्षले भिजिलान्ते प्रयोग गर्ने तयारी गरेको छ ।

बाहिरी कभरका रुपमा गृहमन्त्रालयबाट ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने र भित्री रुपमा सत्तापक्षले भिजलान्ते प्रयोग गर्ने र अवज्ञा गर्ने तयारी साथ सत्तापक्षले योजना बनाएको बुझिएको छ । यसका लागि हिजै गृहमन्त्रालयले मातहतका प्रहरीलाई निर्देशन गरिसकेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

ओलीले हिजै गृहमन्त्रीलाई बन्द विफल बनाउने गरी योजना बनाउन निर्देशन दिएपछि गृहमन्त्रीले मातहातका सुरक्षा निकायलाई निर्देशन गरिसकेका छन् । बिहानै देखि त्यसैको तयारीका लागि ब्यापक मात्रामा सडकमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

चोक चोकमा बाक्लो सुरक्षाकर्मीको तैनाथी गरेर सत्तापक्षले आन्दोलनकारीहरुमाथी दमन र धरपक्ड बढाएको छ । ओलीको भोलि हुने ¥यालीलाई सफल बनाउन भन्दै यो पक्षले सुरक्षाकर्मीको स्कर्टिङमा आज भिजिलान्तेहरु प्रयोग गरेर उपत्यकाका सबै क्षेत्रतिर सवारी साधन चलाउने तयारी गरेको छ । आन्दोलनकारीहरुलाई सडकका गल्लीहरुमा जम्मा समेत हुन नदिई प्रहरीले धरपक्डलाई तिब्र बनाएको छ ।

त्यही क्रममा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु हितमान शाक्य, अमृता थापा, लगायतका झण्डै सय जनाको हाराहारीमा बिहानै उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले सत्तापक्षले आमहड्तालको अवज्ञा गर्न उतार्ने तयारी गरेको भिजिलान्तेहरुलाई आन्दोलनकारीबाट बचाउन र कुनै घटना हुन नदिन गृहले हिजै आन्तरिक सर्कुलर गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस