काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ ।
लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ । घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ ।
मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उनि प्रशिक्षणका क्रममा घाइते भएका थिए । एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ माघ २०७७, ११ : ५०
लेखकबाट थप